सुदूरपश्चिम प्रदेश सरकारद्धारा बाढीपीडितलाई नगद सहयोग

डाेटी । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका बाढीपीडितलाई नगद सहयोग गरेको छ ।  जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाएका १६ जनाको परिवारलाई सुदूरपश्चिम सरकारले जनही एक लाख रुपैयाँ प्रदान गरेको हो ।

बाढीपहिरोबाट ज्यान गुमाएका १६ जनाका ११ परिवारलाई नगद एक–एक लाख राहत दिइएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । उनीहरुको बैंक खातामा गत आइतबार नै नगद पठाइसकेको उनले बताए ।स्थानीयले प्रत्येक परिवारलाई ३० हजार र ज्यान गुमाएका व्यक्तिको प्रति परिवारलाई एक लाख रुपैयाँ दिनुपर्ने माग गर्दै आएका छन । जिल्लामा सरकारबाट आउने थप अनुदानका लागि पीडितहरुको तथ्याङ्क संकलन भइरहेको विष्टले बताए ।

गत असोज ३१ गतेदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी डोटीमा १६ जनाले ज्यान गुमाएका थिए । बाढीपीडित क्षेत्रमा सुदूरपश्चिम सरकारको नेतृत्व गरि मुख्यमन्त्री त्रिलोचन भट्ट बाढीपीडित क्षेत्रमा हेलिकप्टरबाट पुगेका थिए । उक्त क्षतिपूर्तिका लागि सुदूरपश्चिम सरकारले सक्दो सहयोग गर्ने भनेको थियोे भने सो बाचा पुरा भएपछि स्थानीय खुशी भएका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.