धनगढी । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचनमा नजाने तर स्थानीय तहमा स्वातन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई नरोक्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव विप्लवको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने मतसहितको प्रतिवेदनलाई पारित गर्दै यस्तो निर्णय गरेको हो । नेता धर्मेन्द्र वास्तोलाका अनुसार पार्टी चुनावमा जाने छैन, तर बहिस्कार पनि गर्ने छैन् ।’ उनले भने, ‘आज महासचिवले प्रस्तुत गर्नु भएको दस्तावेज परिमार्जनसहित पास भयो । परिमार्जन भएको भनेको पार्टी दर्ता गरेर स्थानीय चुनावमा नजाने, किनभने हामी सत्ताकै प्रतिद्वन्द्वी हौं ।
तर, फेरि हामी चुनाव विरोधी पनि होइन नभएकाले स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने ।’ पार्टी विभाजनलाई रोक्न यो उपाय सही भएपनि न बहिस्कार न उपयोगको नीतिले झन अन्यौलता ल्याउने एक नेताले बताए ।
‘शसक्त बहिस्कार पनि नगर्ने र उपयोग पनि नगर्ने तर उम्मेदवारी दिनेलाई स्वतन्त्रता दिनाले पार्टीमा अन्यौलता र अराजकता ल्याउन सक्छ तर पार्टी विभाजन हुनबाट जोगिएको छ ।’