धनगढी । डडेल्धुराको अजयमेरु गाउँपालिकाले सबै वडाहरुमा एकीकृत स्वास्थ्य सिविर अभियान सुरु गरेको छ । अभियानकाे पहिलाे दिन शनिबार गाउँपालिकाकाे वडा नम्बर १ समैजी स्वास्थ्य चौकिमा एकीकृत स्वास्थ्य सिविर सुरु भएको हो ।
पालिकाका ६ वटै वडामा सञ्चालन हुने सिविरको गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले एक कार्यक्रमकावीच औपचारिक उद्घाटन गरेका छन् ।
सिविरमा स्वास्थ्य परिक्षण तथा परार्मस सेवा, गर्भवती महिलाको स्वास्थ्य परिक्षण तथा अल्ट्रासाउण्ड सेवा, पाठेघरको मुखको क्यानसर परिक्षण, आँखा परिक्षण तथा उपचार सेवा, आङखसेको महिलाका लागि रिंपेसरी राख्ने सेवा, परिवार नियोजन तथा परामर्श सेवा र निशुल्क औषधी वितरण भइरहेको स्वास्थ्य शाखा प्रमुख हिक्मत कडायतले बताए ।
शनिबार नै अजयमेरु गाउँपालिकाले वडा नम्बर १ समैजीमा ओटिसी स्थापना गरेको उनले बताए । आईतबार चैत ७ गते वडा नम्बर २ स्थित चमडा स्वास्थ्य चौकिमा एकीकृत स्वास्थ्य सिविर सञ्चालन हुनेछ ।