घाेडाघाेडी, कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरlएको छ । चरा तथा प्राकृतिक बासस्थानको संरक्षण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य साथ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले शुक्रबार घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी घोषणा गरीएको हो ।
उदघाटन कार्यक्रममा बोल्दै भट्टले नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा) क्षेत्र भनेर घोडाघोडी रहेको छ । यसलाई सबैले मिलेर व्यवस्थित तरीकाले अगाडी बढाउनु पर्ने हुन्छ । उनले भने प्रदेश सरकार अन्तरगत पर्ने योजनामा जति लगानी लागे पनि यसमा रहेको भ्यु–टावर बनाउने बताए । पर्यटनको विकाससगै सरक्षण गर्नु सबैको उत्तरदायित्व रहेको र पर्यावरण पर्यटनको विकास तीब्र गतिमा अगाढी बढाए यहाँ स्थानीयलाई स्वरोजगार सँगै रोजगारीको पनि विकास हुने मुख्यमन्त्री भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालयको सहकार्य र घोडाघोडी नगरकार्यपालिका आयोजना बर्ड सेन्चुरी घोषणा गरियको हो । घोडाघोडी तालसगै रहेका बन जङ्गल , ताल तलैयाहरु सरक्षण र सम्बद्र्धन गर्दै बन्यजन्तु, चराचुरुङ्गी माध्यम बाट कसरी पर्यटन बिकाससँगै सरक्षण गरियो भने मात्र यो घोषणाले सार्थकता पाउने छ यसका लागि यहाँको स्थानीय सरकार र स्थानीय बासिन्दाको महत्वपूर्ण भुमिका रहने सुदूरपश्चिम प्रदेशसभाको अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीका सभापति हर्क कुवरले बताए ।
त्यस्तैै कार्यक्रममा बोल्दै जुलोजिकल सोसाइटी अफ लण्डनका राष्ट्रिय सयोजक एवंम चराबिद डा.हेमसागर बरालले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन । यो सिमसारमा साइबेरिया, मङ्गोलिया लगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका र यहाँ पाइने चरामध्ये ६४ प्रजातिका चराहरु जलपक्षी रहेका छन । विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई बर्ड सेन्चुरी बनाइएपछि चरा र उनीहरुको बासस्थान संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘बर्ड सेन्चुरी घोषणापछि संरक्षण सम्बन्धी गतिविधि बढी हुने बताए ।
हाम्रो देशमा अहिलेसम्म एउटा पनि बर्डं सेन्चुरी छैन । प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गर्न गरिएको घोडाघोडी पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष दयाराम चौधरीले बताए । प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्र १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चरा अभय आरण्य क्षेत्र करिब छ हजार भन्दा बढी हेक्टर क्षेत्रफललाई समेटेर बनाइदैछ । मान्छेले बर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न नपाइने जनाइएको छ ।
घोडाघोडी सिमसारमा रैथाने प्रजातिको साथै चरा प्रजाति सङ्ख्या बढ्दै गएको छ । यसैगरी, अन्यत्र बासस्थान नपाएका चरा यहाँ आउने गरेका छन । मङ्गोलियन र साइबेरियन चराको लागि नेपालको चार रुटमध्ये घोडाघोडी सिमसार पनि एउटा रुट हो । जाडो छल्नका लाथि त्यहाँबाट चराहरु यहाँ आउने गर्दछन्न ।मानवीय हस्तक्षेपका कारण घोडाघोडी सिमसारमा चराको प्राकृतिक बासस्थान बिगिँ्रदो क्रममा रहेको छ । प्रसिद्ध घोडाघोडी ताल क्षेत्र वरिपरि प्लाष्टिकजन्य वस्तु फाल्नेसहित फोहोरमैला गर्ने कार्य बढ्दो छ ।
बर्ड सेन्चुरी बनाइएमा घोडाघोडी क्षेत्रमा भइरहेको प्रदुषण कम हुने विश्वास संरक्षणकर्मीको छ । बर्ड सेङचुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजङ्गल, सिमसार, जलाधार क्षेत्रको संरक्षण घोडाघोडी नगरकार्यपालिका प्रमुख ममता चौधरीले बताए । प्राकृतिक सुन्दर दृश्यले भरिपूर्ण घोडाघोडी चरा अवलोकनसहित पद्यात्रा गर्नका लागि निकै महत्वपूर्ण सिमसार हो । चरा पर्यटनको सम्भावनालाई नै मध्यनजर गरेर सो नगरपालिकाको वडा नम्बर ३ स्थित माघीमा थारु होमस्टे पनि सञ्चालनमा रहेको छ । यद्यपि, चरा पर्यटन फष्टाउन नसकेका कारण होमस्टे पनि खासै चलेको छैन । बर्ड सेन्चुरी घोषणाले पर्यटन व्यवसाय फष्टाउने स्थानीयको अपेक्षा छ ।
कार्यक्रममा स्वागत तथा कार्यक्रम माथी प्रकाश उधोग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देबेस मणी त्रिपाठीले प्रकास पारेका थिए ।