गेटा मेडिकल कलेजमा प्रदेश सरकार साझेदारी गर्न तयार: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले गेटा मेडिकल कलेजमा भवन लगायतका न्यूनतम पूर्वाधार तयार भएकाले छिटाे भन्दा छिटाे सञ्चालनमा ल्याउनुपर्नेमा जाेड दिएका छन् । मेडिकल कलेज सञ्चालनार्थ प्रधानमन्त्रीले सम्भाव्यता अध्यायन कार्यदल गठन गरेर पठाएकाे टीमसँग प्रदेश सरकार साझेदारी गर्न तयार रहेकाे बताएका हुन्।

मेडिकल कलेजलाई आवश्यक पर्ने अस्पताल शैया जुटाउन वा निर्माण गर्न प्रदेश सरकार तयार रहेकाे भन्दै मुख्यमन्त्री भट्टले नजिककाे सरकारका नाताले पनि कलेज सञ्चालनकाे जिम्मेवारीमा प्रदेश सरकार साझेदारी गर्न तयार रहेकाे बताए ।

मेडिकल कलेज सञ्चालनकाे माेडेल सहितकाे प्रतिवेद तयार पारेर प्रधानमन्त्री कार्यालयमा बुझाउने जिम्मेवारी आफुहरुकाे कार्यदलमा रहेकाे सदस्य रघुराम बिष्टले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.