माओवादी केन्द्र सुदूरपश्चिम पदाधिकारीकाे गणाना तयारी हुँदै

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारीकाे चुनावमा मतदान सकिएकाे छ । अवकाे केही बेरमा मतगणना सुरु गर्ने तयारी भैइरहेकाे निर्वाचन समितिले जनाएकाे छ । मंसिरमा सम्पन्न अधिवेशन र त्यसपछिकाे पहिलाे बैठकवाट पदाधिकारी छनाैट गर्न नसकेपछि दुई दिनअघिदेखि धनगढीमा बसेकाे प्रदेश कमिटी बैठकले निर्वाचन गर्न लागेकाे हाे ।

२२३ सदस्यीय प्रदेश समितिमा एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एक जना सचिव, ३ जना सहसचिव र एकजना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ। अध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ (कैलाली) र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी ‘सन्ताेष’ (दार्चुला)ले उम्मेदवारी दिएका छन्।

अन्य पदाधिकारीमा पनि उम्मेदवारी परेको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.