‘आधारभूत जनस्वास्थ्य सेवा अव नागरिककाे घरघरमा’ मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले हरेक नागरीकले स्वास्थ्य उपचार गर्न पाउनु उसकाे अधिकार भएकाे बताएका छन् ।

शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा अधारभूत स्वास्थ्य भवनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनस्वास्थ्य सेवा नागरिककाे घरघरमा पुराउन सरकार लागिपरेकाे कताएका हुन् ।

सर्वसधारण जनसमुदायलाई मध्येनजर गरेर प्रदेश सरकारले जनस्वस्थ्य सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिरहेकाे भन्दै चनाखाे भएर सहभागि बन्न आग्रह गरे । प्रदेश सरकारले प्रदेशका ८८ वटै पालिकाका वडा वडामा मुख्यमन्त्री जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेकाे उनकाे भनाई थियाे ।

मुख्यमन्त्री भट्टले ग्रामिण क्षेत्रको विकासका अन्य कार्यक्रम बढाउदै लैजाने प्रतिबद्ध रहेको समेत बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.