दार्चुला ।भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवान बुधबार महाकालीमा पौडी खेलेर नेपाल प्रवेश गरेपछि दार्चुलामा खैलाबैला भएकाे छ । भारतीय सेना बिनाअनुमति नेपाल प्रवेश गरेको थिए ।
नगरपालिका–४ स्थित जिल्ला अस्पतालको ठिक पारिपट्टीबाट महाकालीमा पौडी खेली ढुंगामा रसी (डोरी) बाँध्न रेजिमेन्टका जवान नेपाल प्रवेश गरेका हुन् । नदीमा रेस्क्यु ट्रेनिङु गर्न अपराह्न ४ बजेतिर पौडी खेलेर नेपाल–भारत जोड्ने दुई रसी बाँधिरहेका थिए ।त्यसै क्रममा नेपालका प्रहरी पुगी सेनाका जवानले नेपालतर्फ बाँधेको रसी फुकाएका छन् ।
अनुमतिबिना रसी बाँध्न नेपाल आएका सेनाका जवानलाई पौडी खेलेरै प्रहरीहरुले पारि पठाएका थिए ।महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले जुनसुकै क्रियाकलाप गर्दा नेपालको अनुमति लिनुपर्ने भए पनि नेपाली प्रशासनलाई त्यसबारे कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।