‘मानवअधिकारका सवालमा प्रदेश सरकार प्रतिबद्ध छ’ -मुख्यमन्त्री भट्ट

धनगढी । राष्ट्रिय मानव अधिकार आयाेगकाे टाेलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टसँग भेटवार्ता गरेकाे छ । काम विशेषले धनगढी पुगेका आयाेगका अध्यक्ष तपवहादुर मगर नेतृत्वकाे टाेलीले मुख्यमन्त्री भट्टसँग मंगलबार उनकाे कार्यकक्षमै  भेटवार्ता गरेकाे हाे ।

भेटवार्ताका क्रममा आयाेग प्रमुख मगरले पछिल्लाे समय सुदूपश्चिम प्रदेशमा मानवअधिकारका घटनामा कमी देखिएकाेमा खुशी ब्यक्त गर्दै मुख्यमन्त्री लगायत प्रदेश सरकारलाई धन्यवाद प्रदान गरेका थिए । यसअघि टाेलीले विभिन्न घटनाक्रममा हुने मानवअधिकार हनन बारे मुख्यमन्त्री भट्टलाई जानकारी गराएकाे थियाे । No description available.आयाेगका सुदूरपश्चिम प्रदेश प्रमुख माेहन जाेशीले पछिल्लाे समय सुदूरपश्चिम प्रदेशमा मानवअधिकारका घटनामा कमी आएकाे जानकारी गराउदै लागुपदार्थ सेवन, सामाजिक सञ्जालकाे गलत प्रयाेग र परम्परागत रितिरिवाजले घटना घटाइरहेकाे बताएका थिए ।

कहिले काँही अपराध नियन्त्रमा मानव स्वतन्त्रता बाँझिएर आउने चुनाैती रहेकाे उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सरकार मानवअधिकारका सवालमा प्रतिद्ध रहेकाे बताए । अग्रगामी साेचले नै समाजकाे सही रुपान्तरण गर्नसक्ने उदाहरण पेश गर्दै  उनले समृद्ध सुदूरपश्चिम बनाउने प्रदेश सरकारकाे एक मात्रै उद्देश्य रहेकाेले समाजका हेरेक तप्काका जनसमुदायप्रति सचेत र उत्तरदायी रहेकाे बताए । हिजाे आज जस्तै भाेलीका दिनमा पनि सरकारले आयाेगकाे सल्लाह सुझाबलाई प्राथमिकता दिने र समन्वय र सहकार्यमा अगाडी बढ्ने बताए ।

भेटवार्ताकाे टाेलीमा आयाेगका अध्यक्ष मगरसँगै सचिव, प्रदेश कार्यलय प्रमुख माेहन जाेशी लगायतका पदाधिकारी तथा कर्मचारीहरुकाे सहभागीता रहेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.