बैतडीमा टिप्पर दुर्घटना : ३ बिद्यार्थीको मृत्यु ५ जना घाइते

धनगढी । बैतडीमा टिप्पर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीन जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीकाे मृत्यु भएको हो।

पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। उनका अनुसार दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। १२ वर्षीय राजेश पन्त, १२ वर्षकै सुनिल भट्ट, १२ वर्षकै अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त घाइते भएका छन्। घाइते एकजनाको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक खड्काल बताए।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको हो।दाउरा लिन गएको निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ। टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.