मुख्यमन्त्री भट्टद्वारा मानवसेवा आश्रमको भवन शिलान्यास

धनगढी । सुदूरपश्चिमकाे धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण हुने भएको छ। असहाय तथा सडक मानवलाई सहारा दिदैआएकाे मानवसेवा आश्रमको सुविधा सम्पन्न आवासीय भवनकाे बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट र प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

May be an image of 15 people and people standingविगत तीन वर्षदेखि धनगढीकाे तारानगरमा भाडाको घरमा सञ्चालन भइरहेको आश्रमको भवन धनगढी–१५ मा निर्माण थालनी गरिएको हाे । मानव सेवा आश्रमका सुदूरपश्चिम संयोजक आदर्श ढकालका अनुसार संरचना निर्माणका लागि उक्त क्षेत्रमा रहेको शिव मन्दिर धार्मिक वनले २.५ कट्ठा जग्गा उपलब्ध गराएको छ।

उक्त जग्गामा आश्रमका लागि संरचना निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले यो आर्थिक वर्षमा पूँजीगततर्फ ४० लाख बजेट विनियोजन गरिसकेको छ। त्याेसहित विभिन्न व्यक्तिबाट प्राप्त सहयोगबाट संरचना निर्माण हुने संयोजक ढकालले बताए। May be an image of 8 people, people standing and outdoorsउक्त जग्गामा २ सय जनालाई सेवा प्रवाह गर्नेसक्ने क्षमताको मानवसेवा आश्रम, सय जनाको आवासिय सुविधासहितको मानवता अध्ययन केन्द्र र एकसय जनालाई सेवा दिन सकिने क्षमताको जेष्ठ नागरिक मनोञ्जन केन्द्र निर्माण हुने आश्रमले जनाएको छ।

भवननिर्माण शिलान्यास कार्यक्रममा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी किरण थापा र जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख विश्व अधिकारीको उपस्थिती रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.