एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेका दलहरुले भोलिका लागि ‘नेपाल बन्द’को आह्वान गरेका छन। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत ५ पार्टीले भोलि (बुधबार) नेपाल बन्दकाे आह्वान गरेकाे हाे ।
यसअघि फागुन ४ गते संसद भवन घेराउको कार्यक्रमको तयारी गरिरहेका ती दलहरुले कार्यक्रम फेर्दै बन्दको आह्वान गरेका हुन। एमसीसी ससंदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले यसको बिरोधमा नेपाल बन्द गर्नुपरेकाे जनाएकाे छ ।
आज एक विज्ञप्ती जारी गर्दै मोर्चाले भनेको छ, ‘सम्झौताको बिरोधमा व्यापक बिरोधका बाबजुद पनि सत्ता स्वार्थका कारण सिङ्गो राष्ट्रिय स्वाधीनता नै समापत हुने गरि संसदवादी दलालहरुले एमसीसी पास गर्दैछन्।’ विज्ञप्तीमा भनिएको छ, ‘यदी यो सदनबाट पास भयो भने देश वैदेशीक हस्ताछेपसहितको गृह युद्धमा फस्ने खतरा छ।
यता, कैलालीमा सक्रिय ६ दलिय मोर्चाले पनि यसको बिरोधमा केन्द्रीय निर्णय बमोजिम भोलि नेपाल बन्दको घोषणा गरेकाे छ ।
