एकैपटक यतिधेरै प्रहरी हवल्दारको सरुवा (नामावलीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ३ हजार १ सय ५६ प्रहरी हवल्दारहरूको सरुवा गरेको छ। सोमवार कार्यालयले एकैपटक ठूलो संख्यामा हवल्दारको सरुवा गरेको हो ।
सोमबार साँझ कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी समेत गराएको छ । फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।