सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा भारी हिमपात

धनगढी । सुदूरपश्चिम प्रदेशको उच्च पहाडी क्षेत्रमा हिमपात भैरहेको छ। मौसममा आएको परिवर्तनसँगै आज बिहीबार अपरान्हदेखि यहाँका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।

बर्षासँग डडेल्धुरा, बैतडी, बझाङका र डोटीका उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, हगुल्टे डोटीको गैरा लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको स्थानीय प्रहरीबाट जानकारी प्राप्त भएको छ।

यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दा समेत चिसो कम हुन सकेको छैन। आजदेखि वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा डडेल्धुरा सदरमुकाममा बाहिर निस्कनसमेत समस्या भइरहेको डडेल्धुरा अजयमेरुका स्थानीय जनप्रतिनिधि शुरेन्द्र मल्लले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.