फेसबुकबाट महिलालाई धम्की दिने युवक पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीको साइबर ब्‍यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्‍ने ३१ वर्षीय मुक्ति खनाल रहेका छन् ।

उनलाई वैदेशिक रोजगारबाट फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ ।

उनले वैदेशिक रोजगारीमा रहँदा फेसबुकमा महिलालाई साथी बनाई उनको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.