धनगढी । दार्चुलाको महाकाली नदीमा बगेका युवकको मृत्यु भएको छ। शुक्रवार नदीमा बगेका दार्चुलाको व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उद्धारपछि अस्पतालमा मृत्यु भएको हो।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। नुहाउन नदीमा गएका उनी बगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो।