धनगढी । नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश को जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो।
०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो। यस्तै केन्द्रीय तथ्यांक विभागका अनुसार प्रदेशमा सबैभन्दा बढी जनसंख्या कैलाली र कम दार्चुलामा छ। कैलालीको जनसंख्या ९ लाख ११ हजार १५५ पुगेको छ भने दार्चुलाको एक लाख २५ हजार ५६ छ। कैलाली, बाजुरा, दार्चुला र कञ्चनपुरमा २०६८ सालको जनगणना भन्दा जनसंख्या बढेको छ भने डडेल्धुरा, बैतडी, अछाम, बझाङ र डोटीमा जनसंख्या घटेको छ।






