सर्वाेच्चसहित देशभरका अदालत बन्द
पूर्वन्यायाधीश माेहनप्रसाद शर्माकाे निधनकाे शाेकमा आज देशभरका अदालत बन्द हुने भएका छन्। सर्वाेच्च अदालतमा हिजाे(शनिबार) बसेकाे बैठकले शर्माकाे निधनमा देशभरका अदालतमा आइतबार बिदा दिने निर्णय गरेकाे हाे ।
सर्वाेच्चकै निर्णयअनुसार सर्वाेच्चसहित उच्च अदालत, पुनरावेदन अदालत लगायत देशभरका सबै अदालत आज बन्द हुनेछन् । पूर्वन्यायाधीश शर्माकाे ८८ वर्षकाे उमेरमा माघ ५ गते निधन भएकाे थियाे ।