खानतलासीकाे नीहुँमा प्रहरीद्वारा माेवाईल चाेरेकाे भिडियाे बाहिरिएपछि

धनगढी । कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको छ। धनगढीस्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको हो।

लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली हिजो पुगेको थियो। मोवाइल ग्यालरी सञ्चालक सुवास रावलले दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेको आरोप लगाए। उनले चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको बताए। मोबाइलको खाली डब्बा देखेपछि सिसि टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनकाे भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियो सहित नै निवेदन आएपछि सोबारे छानबिन भइरहेको बताए। उनले घटना संलग्न प्रहरी हवल्दार होम बहादुर माल र प्रहरी जवान भरत सिंह बुडाललाई नियन्त्रणमा लिई चोरी मुद्दामा अनुसन्धान भैरहेको बताए।यता प्रहरीले भने लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका हिजो ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो।

धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.