धनगढी । सुदूरपश्चिम प्रदेशमा आज एकैदिन थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर परीक्षणबाट ६३ जनामा र एन्टिजेन परीक्षणबाट २५५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार २ हजार २ सय ५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका तीन सय १८ जनामध्ये दुई सय २७ जना आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १ सय ११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १ सय ५, पुलघाटबाट फर्केका ५ जना र झुलाघाटबाट फर्केका ६ जनामा संक्रमण पुष्टि भएको हो।
भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ।