सुदूरपश्चिमका प्रमुख सचिव बुर्लाकोटी प्रधानमन्त्री कार्यालय तानिए

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटी प्रधानमन्त्री कार्यालय तानिएका छन् । उनलाई मन्त्रिपरिषदको अघिल्लो बुधवार बसेको बैठकलेले प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको हाे ।

सरकारकारुपमा रहेन कर्मचारी तन्त्रका प्रदेश प्रमुख सचिब बुर्लाकोटीका लाग्दा प्रदेश लाेकसेवा लगायता महत्वपुर्ण कार्य सरकार बिलम्ब भएकाे थियाे । सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिव रिक्त रहेको छ । यस्तै मन्त्रीपरिषदकाे साे बैठकले दुईजना प्रमुखसहित  ८ जना विशिष्ठ श्रेणीका कर्मचारीको एकैपटक सरुवा गरेकाे छ । प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।रिक्त रहेको प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्णवहादुर राउतलाई पठाइएको छ ।

त्यस्तै यसअघि महिला मन्त्रलायको सचिव रहेकी यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने गरि स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवमा सरुवा गरिएको छ । त्यस्तै यसअघि स्वास्थ्यको प्रशासन सचिव रहेका खगेन्द्र प्रसाद नेपाललाई प्रधानमन्त्री कार्यालयमा विशेष दरबन्दी सृजना गरेर राखिएको छ । प्रधानमन्त्री कार्यालयमा यसअघि यस्तै दरबन्दी सिर्जना गरेर शही विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहलाई पनि सरुवा गरिएको छ । स्रोतका अनुसार वागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई रक्षा मन्त्रलायमा सरुवा गरिएको छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकारका सचिव सुशीलचन्द्र तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको स्रोतले जनाएको छ । यसअघि सतर्कतामा रहेका दिनेश घिमिरेलाई उर्चा आयोजको सचिवमा सरुवा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.