भारतबाट सुदूरपश्चिम फर्किएका १२५ जनामा कोरोना संक्रमण देखियाे

धनगढी । सुदूरपश्चिममा शनिवार थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ।आज मात्रै भारबाट स्वदेश फर्केका १२५ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७८ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५ ,भलुलाघाट बैतडी नाकाबाट स्वादेश फर्किका  ३ जनामा संक्रमण पुष्टि भएको हो।  हिजो शुक्रवार एक सय ५८ जनामा कोरोना संक्रमण फेला परेको थियो ।

No photo description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.