धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गतासम्बन्धि प्रादेशिक नीति बनाउँदैछ । प्रदेश सरकारकाे समाजिक विकास मन्त्रालयले बनाउदै गरेकाे नीतिकाे प्रारम्भीक मस्याैंदामाथि बुधवार सराेकारवालासँग छलफल गर्दैसुझाव लिएकाे छ ।
ड्राफ्ट गरेकाे नीतिबारे प्रकास पार्दै मन्त्रालयका कानून अधिकृत दानवहादुर सुनारले अपाङ्गता सम्बन्धिका राष्ट्रिय, अन्तराष्ट्रिय कानून, मान्यता तथा प्रावधानलाई समेटेर नेपाली संविधानकाे मर्म र सुदूरपश्चिमकाे परिवेशलाई मध्येनजर गरेर मस्याैदा तयार पारिएकाे जानकारी दिए ।
उनले प्रादेशिक नीतिले प्रदेशस्तरीय प्रदेश-स्थानीय तहबीच समन्वय, नीतिगत तथा कानूनी सुधार, शिक्षा, स्वास्थ्य, तालिम राेजगार तथा स्वराेजगार, सूचना तथा सञ्चार, पुन:स्थापना, सामाजिक सुरक्षा, अपाङ्ता भएका बालवालिका, जनचेतना तथा पैरवी, सशक्तिकरण, खेलकुद मनाेरञ्जन र विश्राम, अपाङ्गता र विपद् ब्यवस्थापन लगायतका मुख्य क्षेत्रहरु समेटेर नीति बनाउन थालेकाे बताए ।
राष्ट्रिय अपाङ महासंघ, अपाङ्गताकाे क्षेत्रमा कार्यरत संघसंस्था, अपाङ्गता अभियानकर्मी र सराेकारवाला मन्त्रालयका विषयगत प्रतिनिधिसँगै सञ्चारकर्मीहरुकाे सहभागितामा भएकाे छलफलपछि आएका उपयुक्त सुझाबलाई समेटेर अपाङ्गता सम्बन्धी नीति तयार पारिने मन्त्रालयका सामाजिक विकास महाशाखा अन्तगतकाे महिला विकास अधिकृत जयान्ती गिरीले बताइन् । उनले प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाट पास भएर आएकाे नीतिलाई मन्त्रीपरिषदबाट पास भएपछि लागू हुने जानकारी दिइन् ।