सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका सिडिओको सरुवा

गृह मन्त्रालयले बुधबार नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ। गृहमन्त्रालयका अनुसार बझाङ, बाजुरा, दार्चुला, बागलुङ, झापा, सुर्खेत, ओखलढुङ्गा, इलाम, रुकुम (पश्चिम) जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।

यसरी सरुवा हुनेमा सुदूरपश्चिम प्रदेश बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल छन भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.