सत्तारुढ गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा साझा उम्मेदवार ताेक्ने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज विहान ९ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
राष्ट्रियसभाको १९ सदस्यको पद रिक्त हुने अवस्थामा छ । उक्त रिक्त पदका लागि आउदो माघ १२ गते निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि साझा उम्मेदवारबारे आजको सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने बताइएको छ । अब चाँडै नै एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ राष्ट्रियसभा सदस्यको पद रिक्त हुँदैछ ।
जसमा नेपाली काँग्रेसले ७ सीटको दावी गरिरहेको छ। माओवादी र एकीकृत समाजवादीलाई ५५ सिट दिने तयारी भइरहेको स्रोतले बताएको छ । त्यस्तै एक सिट भने समाजवादीलाई दिनेबारे पछि छलफल हुने जनाइएको छ ।