धनगढी । आफूलाई अनुसन्धानको इन्सपेक्टर भन्दै हिड्ने धनगढीका एक व्यक्ति कञ्चनपुरबाट लागुऔषध सहित पक्राउ परेका छन । अनुसन्धानको इन्सपेक्टर भन्दै हिड्ने धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी कञ्चनपुरकाे पुर्नवासबाट पक्राउ परेका हुन ।
से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पुनर्वास नगरपालिका–१० को दोदापुलबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले उनीसंगै मोटरसाइकलमा सवार २८ वर्षीया रितु भण्डारीलाई पनि पक्राउ गरेको छ ।
उनीहरूको साथबाट १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पास बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।