सुदूरपश्चिमका अछाम बाजुरा बझाङमा आइतबार सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश अछाम बाजुरा र बझाङ जिल्लामा आईतबार सार्वजनिक विदा दिइएकाे छ ।भूवा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले यी तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको हाे।

पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम लगायतका जिल्लामा यो पर्व मनाउँदै आइएको छ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ ।

यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार यी तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.