बेचविखनमा परेकी युवतीको गौरीफन्टाबाट उद्धार, दुई भारतीय पक्राउ
धनगढी । कैलालीसँग जोडिएको गौरीफन्टा नाकाबाट बेचबिखनका लागि भारततर्फ लैजादै गरेकी एक युवतीको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुरबाट गौरीफन्टा नाकामा खडा गरिएको चेकप्वान्टको टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका १ की १९ वर्षीया युवतीको उद्धार गरेको हो।
ती युवतीलाई ललाइफकाइ गरेर भारत लगिरहेको अवस्थामा उद्धार गरेर सशस्त्र प्रहरीले दुई जना भारतीयलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको राजिस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गलले रखेकाे प्रहरीले जानकारी गराएकाे छ ।
उनीहरु दुबैलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही बढाईएकाे र युवतीलाई शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।