कैलालीको गोदावरी धाममा अर्धकुम्भ मेला लगाउनेबारे छलफल सुरु

धनगढी । कैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेला लगाउन छलफल थालिएको छ। १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ र प्रत्येक वर्ष मकर मेलाको आयोजना हुने योगअनुसार यसवर्ष अर्धकुम्भ मेला लगाउन छलफल थालिएको गोदावरी धाम विकाश समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिएका छन् ।

अर्धकुम्भ मेलाको आयोजनाबारे छलफल गर्न आउदाे शनिवार भेला बोलाइएको उनले बताए। ‘गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन माहाकुम्भ मेलाअन्तर्गत यसवर्ष अर्धकुम्भ मेलाको योग परेका छ,’ उनले भने, ‘कोरोनाको महामारीका कारण अर्धकुम्भ मेलालाई धार्मिक अनुष्ठानमा मात्रै सिमित राख्ने वा मेला नै लगाउनेबारे छलफल केन्द्रीत हुने छ।’

गोदावरीस्थित विभिन्न मठमन्दिर र गुम्वाका पदाधिकारी, प्रथम कुम्भमेलाका पदाधिकारी र सदस्य, पत्रकार, प्राध्यापक, शिक्षक, समाजसेवी, उद्योगी र व्यवसायीलाई छलफलमा आमन्त्रण गरिएको जोशीले बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.