मातृ तथा शिशु मृत्युदर घटाएकाेमा मुख्यमन्त्रीद्वारा स्वस्थ्यकर्मीलाई धन्यवाद
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले मातृ तथा शिशु मृत्युदर घटाएकाेमा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिका का ग्रामीण क्षेत्रमा सञ्चालित अल्ट्रासाउन्ड कार्यक्रमको समिक्षा तथा डिजिटल मेटर्नल रजिष्ट्रि सम्बन्धि तालिमको मंगलवार धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन्।
काेराेनाले बिश्वब्पापी त्राही-त्राही मच्चाएकाे समयमा प्रदेश सरकारले ग्रामिण क्षेत्रकाे जाेखिमलाई मध्येनजर गरेर लागु गरेकाे डीजिटल अल्ट्रासाउन्ड कार्यक्रम प्रभावकारी बनेकाे भन्दै मुख्यमन्त्री भट्टले स्वास्थ्यकर्मीकाे भूमिकाकाे प्रसंसा गरे । मुख्यमन्त्री भट्टले संकटमा साथदिने स्वास्थ्यकर्मीकाे सेवा सुविधामा कुनै कमी हुन नदिने पनि बचन बद्धता पनि ब्यक्त गरे ।
साेही अवसरमा सरकारका सामाजिक विकासमन्त्री लालवहादुर खड्काले स्वास्थ्य उपचार तथा खाेप लगाउने लगायतका सवालमा सुदूरपश्चिम प्रदेश अन्य प्रदेशभन्दा अगाडी रहेकाे भन्दै अव सरकारले अल्ट्रासाउन्ड मात्रै नभएर स्वास्थ्यका हरेक पार्टलाई डिजिटल बनाउन लागेकाे बताए । डीजिटल भएपछि समस्य निदानमा सहज हुने उनकाे भनाई थियाे ।
साे कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले स्वास्थ्य क्षेत्रका प्रगति तथा सम्भावना र चुनाैंतीका बारेमा जानकारी गराएका थिए ।