काेराेनाले नेपालमा आज २ र भारतमा २८९ जनाको मृत्यु

धनगढी । पछिल्लाे २४ घण्टाभित्र नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

सोही अवधिमा छिमेकी भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोनाका कारण २८९ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.