बैतडीमा भर्खरै फेरी जिप दुर्घटना ४ को मृत्यु, ६ जना घाईते

धनगढी । बैतडीमा भर्खरै जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेकाे से १ ज ८८८ नम्बरको जिप सकारमा साेमबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको होभने ६ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा पाटन नगरपालिका ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाईते ६ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

चालक भने फरार रहेका छन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.