माओवादी अब समृद्ध समाजको महाअभियानमा : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेशकाे विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय नेतासमेत रहेका भट्टले कैलाली अछाम र डोटीमा पार्टीका पालिक अधिवेशनलाई सम्बोधन गर्नेक्रममा यस्ताे बताएका हुन् ।
जनयुद्धबाट देशमा राजनैतिक र सामाजिक परिवर्तन ल्याएकाे माओवादीले अब यी उपलब्धिलाई थप जनमुखी बनाएर समृद्ध समाजको महाअभियानमा लागेकाे भन्दै यसकालागि क्रान्तिकारी विचार सुदृढ सङ्गठन आवश्यक रहेकाे बताए । सुदूरपश्चिमेली जनताकाे भावनाअनुसार प्रदेश सरकारले सक्दाे सम्बाेधन गर्ने प्रयास गरिरहेकाे भन्दै थप परिणाममुखी बनाउन जनतासँगै पार्टी कार्यकर्ताले लाग्नुपर्ने बताए ।
पुरानै ढर्राले काम गर्ने कर्मचारी प्रबृतिका कारण कामकाे प्रतिफल छिटाे दिन समस्य भैइरहेकाे उनकाे भनाई छ । डोेटीकाे दीपायल सिलगढी जाेरायल कैलालीकाे चुरे हुँदै बुधवार अछामकाे मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनलाई उनले सम्बोधन गरेका छन् भने कहिले केही समयमै डोटीकै केआई सिंह गाउँपालिकाेकाे अधिवेसन देउरडीमा उद्धघाटन गर्न पुगेकाे डोटी जिल्ला ईन्चार्ज शिव सिं ओलीले जानकारी दिएका छन् । 
मुख्यमन्त्री एकिकृत नमुना बस्ति बिकास कार्यक्रम अन्तरगत अछामकाे मेल्लेख नन्देगडामा निर्माणाधिन संरचनाको निरीक्षण तथा अनुगमन गर्दै मुख्यमन्त्री भट्ट ।