अछाममा बस दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

अछाम । अछाम सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको बस अछामकाे कैलाशखाेला नजिक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मंगलबार दिउसाे ना६ख ८२९ नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसैन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.