आयाेगले सात बर्ष लगाएर दियाे कैलालीका १२ द्धन्द्ध पीडितलाई परिचयपत्र
धनगढी । द्धन्द्ध पीडितका मुद्धा छिटो टुङग्याउन सात वर्षअघि गठन गरिएकाे सत्य निरुपण तथा मेलमिलाप आयोगले अहिलेसम्म कैलालीका १२ जना द्धन्द्ध पीडितलाई परिचयपत्र वितरण गरेकाे छ ।आयोगले सोमबार धनगढीमा आयाेजित एककार्यक्रममा कैलालीमा पहिलो पटक १२ जना द्धन्द्ध पीडितलाई पीडित परिचय पत्र वितरण गरेको हाे ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेश दत्त भट्टले परिचयपत्र पाएपछि द्धन्द्ध पीडितले राज्यबाट धेरै सुविधा पाउने बताए । ‘हामीले अहिले परिचय पत्र पाएका व्यक्तिलाई राज्यबाट के कस्तो सुविधा दिन सकिन्छ भनेर पोलिसि समेत तयार पारेका छौ’ उनले भने ‘परिचयपत्र दिदाँ हामीले परिपत्र फारम पनि भराइरहेका छाैं ।’
आयोग गठन भएको लामो समय वितिसक्दा पनि पीडितलाई न्याय दिने सम्बन्धमा भने ठोस प्रगती हुन सकेको छैन । आयोगको कामलाई द्रुत गतिमा अगाडी बढाउन कानुन संसोधन लगायतका संरचनागत परिवर्त गर्न आवश्यक रहेको माग उठ्दै आएको भएपनि यस बिषयमा राजनीतिक दलहरुले तदारुकता देखाएका छैनन् । २०७१ सालमा स्थापना भएको आयोगको पछिल्लो पटक १ बर्ष म्याद थप गरिएको छ । ६ वर्षमा आयोगको म्याद चौथो पटक थपिएको हो ।
जसले गर्दा नेपालमा सशस्त्र द्धन्द्ध सकिएको १५ बर्ष वितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन् । यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग संगै बेपत्ता पारिएकाहरुको खोजिका लागि पनि बेपत्ता छनबिन आयोग गठन गरिएको भएपनि सो आयोगले समेत खासै काम गर्न सकेको छैन ।