सुदूरपश्चिममा आज २३ जनामा सङ्क्रमण देखियाे, एकको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सोमबार थप २३ जनामा कोरोना भाइरस सङ्क्रमणको  पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट नौ सय ६८ जनाको नमूना परीक्षण गर्दा २३ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पीसीआर गर्दा १९ र एन्टीजेन बिधिमार्फत ४ जनामा  सङ्क्रमण  देखिएको हो ।  पीसीआर बिधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा एक, यस्तै एन्टीजेन बिधिमार्फत  कञ्चनपुरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा प्रदेशभर छ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । यसअघि आइतबार यस प्रदेशमा  तीन  सङ्क्रमण पुष्टि हुँदा आठ जना निको भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.