जनगणनामा सही तथ्याङ्क टिपाउन मुख्यमन्त्री भट्टकाे अनुराेध

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेशबासीलाई सम्बाेधन गर्दै जनगणनामा सकृय सहभागीता जनाउन अनुराेध गरेका छन् । बिहीवार राष्ट्रिय जनगणना २०७८ अभियान अन्तरगत तथ्याङ्क लिन गणकहरु जनताकाे घरदैलाेमा पुग्न सुरु गरेकाे अवसरमा प्रदेशवासीलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे अनुराेध गरेका हुन् ।

प्रत्येक दशबर्षमा गरिने गणनाले हरेक क्षेत्रमा ठूलाे प्रभाव पार्ने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बास्तविक र सही तथ्याङ्क टिपाएर राष्ट्र र प्रदेशकाे नीति निर्माणमा सहभागिता जनाउन सम्पूर्ण प्रदेशबासीमा अनुराेध गरेका छन् । देशमा संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिलाे पटक हुन लागेकाे राष्ट्रिय जनगणना २०७८ ले सबै भाषा, जात, धर्म, लिङ्ग लगायतका बिविध समुदायकाे समानुपातिक सहभागिता पहिचान गर्ने र साेहीअनुसार सरकारी तथा गैरसरकारी निकायले अगामी नीति निर्माण गर्ने भएकाले सही तथ्याङ्क टिपाउन जरुरी रहेकाे मुख्यमन्त्री भट्टकाे भनाई छ ।

‘मेराे गणना मेराे सहभागिता’ नाराकासाथ सञ्चालित याे महान अभियानलाई सफल पार्न मुख्यमन्त्री भट्टले सरकारी निकाय, सामाजिक संघसंस्था, पेशाकर्मी, ब्यवसायी आम सर्वसधारण सबैमा आग्रहसमेत गरेका छन् ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.