Dashain Suvakamana

जनगणनामा अपाङ्गता ब्यक्तिको सही तथ्याङ्ककालागि सम्बद्ध संस्थासँग छलफल

धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको गणना सुनिश्चितताको लागि सदस्य संस्थाहरुलाई आग्रह गरेको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा बुधवार धनगढीमा अभिमुखीकरणको आयोजना गर्दै महासंघले अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चितताका लागि आ-आफ्नाे ठाउँवाट सहयोग गर्न आग्रह गरेको हो ।

May be an image of 10 people, people sitting and people standingराज्यले ल्याउने नीति तथा कार्यक्रमका लागि अपाङ्गता भएका व्यक्तिहरुको स्पष्ट तथ्याङ्क हुन आवश्यक हुने भएकाले गणनामा अपाङ्गता भएका व्यक्ति छुट्न नदिन सबैलाई सहयोगी भूमिका खेल्न अपाङ्ग महासंघ सुदूरपश्चिमका कार्यक्रम अधिकृत प्रिया खड्काले सबैलाई आग्रह गर्दै सही तथ्याङ्क सुनिश्चितता गर्न सदस्य संस्थाहरुलाई आग्रह गरिन् ।

अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलनमा सहयोग पु¥याउन गणकहरु सँग गएर पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । राष्ट्रिय जनगणना २०७८ मा बढी भन्दा बढी अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गर्ने अभियानमा सदस्य संस्थाहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको उनकाे भनाई थियाे ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रुपा राईकाे अध्यक्षतामा भएकाे उक्त अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सदस्य संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । उनीहरुले आफ्नोतर्फबाट अपाङ्गता भएका व्यक्तिहरुको वास्तविक तथ्याङ्क संकलनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.