जुवा खेल्न नदिने सरकार करोडौंका तास आयात किन गर्छ ?

धनगढी । जुवा ऐन २०२० ले जुवातास खेल्नुलाई गैरकानूनी मानेको र कानुनतः जुवातास खेल्न वर्जित गरिए पनि आयातमा भने कुनै रोकतोक नहुँदा बर्सेनी ठूलो परिमाणको तास नेपाल भित्रिने गरेको छ।

आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको कात्तिक दोस्रो सातासम्म गरेर नेपालमा ९४ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भएको छ। यो वर्षको दसैँ र तिहारका लागि मात्र ६ करोड रुपैयाँ बराबरका ३३ लाख बुक तास आयात भएको छ। भन्सार तिरेर हरेक वर्ष तास आयात बढ्दो क्रममा देखिएको त्रिनगर भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए। ‘कैलाली भन्सारसहित मुलुकका प्रमुख भन्सार नाका हुँदै तासको आयात प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ। कानुनतः तास आयातमा प्रतिबन्ध नभएकाले राजस्व तिरेरै तासको आयात भइरहेको छ’ उनले भने।

भन्सार विभागको तथ्यांक अनुसार यो वर्ष तास आयात गर्दा ६ करोड बाहिरिएको छ। भारत, चीन, अमेरिका, ब्राजिल लगायतका १२ देशबाट तास आयात हुँदै आएको छ। कानूनले भने जुवातास खेल्न रोक लगाएको छ। जुवा ऐन २०२० ले जुवालाई सम्पत्ति हार्ने वा जित्ने गरी बाजी थापी खेलेको खेल भनेर व्याख्या गरेको छ। – दिनेश खबर

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.