श्रमजिवी पत्रकार हटाएकाेमा गाेरखापत्रकाे सर्वत्र बिराेध

धनगढी । गोरखापत्र संस्थान प्रशासनले अढाई दर्जन श्रमजीवी पत्रकारहरुलाई कामबाट निकालेको छ । धेरै लामो समयदेखि काम गर्दै आएका उनीहरुलाई काँग्रेसकाे मन्त्रीले आफु निकटलाई बाेर्ड अध्यक्षमा नियुक्त गरेसँगै राजनैतिक आस्थाका अधारमा विरोधको स्वर कमजोर पार्न तिहारको मुखमा हठात निकालेको हाे ।

No description available.आफ्नाे व्यक्तिगत जिवनकाे पर्वाह नगरी पन्ध्र/अठार वर्षदेखि निरन्तर काम गर्दै आएका श्रमजिवी पत्रकारलाई हटाएर जिल्ला जिल्लामा काँग्रेस निकटका पत्रकारलाई नयाँ नियुक्त गर्न थालेपछि हटाईएका उनीहरुलाई निशर्त काममा फर्काउन सवैतिर आवाज उठेको छ । प्रेस सेण्टर नेपालका संयोजक महेश्वर दाहालले भनेका छन्, ‘साथीहरुलाई कामबाट निस्कासन गरेको थाहा पाइयो । गोरखापत्र संस्थानको प्रशासनलाई उनीहरुलाई काममा फर्काउन कुराकानी भइरहेको छ । वर्षाै काम गरेका पत्रकारहरुलाई विना शर्त तत्काल पुनर्वहाली नगरे तिहारको लगत्तै हामी दवावमुलक संघर्षको कार्यक्रम गर्नेछौं ।’

संयुक्त सरकारको मूल्य, मान्यता विपरीत सञ्चार मन्त्रालयमा एकलौटी सरकार भए जसरी संचार प्रतिष्ठानमा कांग्रेसले नियुक्ति गरेको परिणामका रुपमा विश्लेषण गरिएको छ ।गोरखापत्रको अहिलेको यो रवैया हेर्दा पछिल्लो नियुक्ति सच्याउन पनि दवाव दिनुपर्ने देखिन्छ । श्रमजीवी पत्रकारहरुलाई पूर्वाग्रहका आधारमा व्यवहार गर्ने गोरखापत्र प्रशासनको यो रवैया नयाँ भने होइन । केपी ओलीको शासनकालमा पनि गोरखापत्रका ट्रेड युनियनका अध्यक्ष विष्णु खनाललाई राजनीतिक प्रतिशोध साँधेर निस्कासन गरिएको थियो ।

निरंकुश र प्रतिगामी केपी ओली सरकार हटेको यत्तिका दिन भइसक्दा पनि अहिलेको गोरखापत्र संस्थानले खनाललाई पुनर्वहाली गर्ने चासो नदिंदा र उल्टै श्रमजीवी पत्रकार निकालेको हेर्दा अहिलेको प्रशासन पनि केपी ओलीको छायाँको रुपमा रहेको देखिएको छ । उता नेपाली पत्रकारहरुकाे साझा संस्था नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, सुदूरपश्चिम प्रदेश समिति र धेरैजसाे जिल्ला समितिहरुले विज्ञप्ति निकालेर बिराेध जनाएका छन् । हटाइएका पत्रकारकाे विना सर्त पुर्नवहालि नगरिए आन्दाेलनकाे आधिबेहरी ल्याउने ती संस्थाहरुले चेतावनी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.