‘शिक्षा पढ्ने पढाउने मात्रै भयाे, परिणाममुखी भएन’: मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बनाइएका नीति कार्यान्वयन नहुँदा शिक्षा पढ्ने र पढाउनेमा मात्रै सिमित रहेकाे बताएका छन् । नेपाल प्राध्यापक संघको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शनिबार कैलाली बहुमुखी क्याम्पसमा आयोजना भएकाे विज्ञहरुकाे गाेष्ठिलाई सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।
देशले सबैभन्दा ठूलाे लगानी शिक्षा क्षेत्रमा गरिरहेकाे प्रसंग उल्लेख गर्दै हाम्रा काम गर्ने प्रबृतिहरु समयअनुसार रुपान्तरण नहुँदा लगानीजस्ताे परिणाम आउन नसकेकाे बताए । मुख्यमन्त्री भट्टले भने- ‘शिक्षा के कालागि ? शिक्षा पढाउने, पढ्ने र डिग्री लिने मात्रै नभएर आजकाे समाज र बजारमा बिक्ने खालकाे हुनुपर्छ ।’ विश्वविधालयहरु रिसर्च सेन्टर बन्नुपर्ने भन्दै उनले भने ‘जहाँ जे र जस्काे अभाव वा आवश्यकता छ, त्याहाँ त्याे समस्य समाधान गर्नसक्ने दक्ष जनशक्ति तयार गर्ने शिक्षा नीति हुनुपर्छ ।’ डाेजर चलाउने अप्रेटरले आफु अनुकुल सडककाे इस्टिमेट गर्दा विकास भन्दा विनाश बढी भैइरहेकाे उनले उदाहरण दिए ।
बनाइएका नीति नियम सही हिसाबले कार्यान्वयन नहुनु, कार्यान्वयन गरेपनि आफु अनुकुल गर्ने, समय अनुसार परिमार्जन गर्नुपर्ने चिन्तन नहुँदा पुरानै ढर्रामा चलाउन खेज्दा माग र आपुर्तिबीचकाे तालेमल नमिलेकाे र हरेक क्षेत्रमा द्दाेन्द्ध मात्रै प्रकट भैइरहेकाे बताए ।
उच्चशिक्षा तथा विश्वविधालय संघीय सरकार मातहत र विधालयहरु स्थानीय तहसँग रहने, प्रदेश सरकारले ती शिक्षालयका भवन बनाउने सञ्चालनमा बजेट बिनियाेजन मात्रै गर्नुपर्ने तर समन्वय गर्न नपाउने भएकाले प्रदेश सरकार आफ्नै विश्वविधालय बनाउन थालेकाे उनले बताए ।
कार्यक्रममा शिक्षा क्षेत्रमा याेगदान पुराएका तीन दर्जनबढी विज्ञ महानुभवहरुलाई कदरपत्रसहित सम्मान गरेकाे थियाे । डाक्टर बुद्धबहादुर थापाको अध्यक्षतामा नेपालमा उच्चशिक्षा : अवसर र चुनौती तथा ‘सामुदायिक क्याम्पसहरूको अवस्था र चुनौती’ विषयक गोष्ठी तथा प्रशिक्षण कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने आयोजकले बताएको छ।