जाेरायलबासीकाे पीडा बुझ्न मुख्यमन्त्री भट्ट रावतकट्टे पुग्दै
धनगढी । हालैकाे बर्षाबाट आहात सुदूरपश्चिमेली जनताकाे पीडामा सक्दाे मल्हम लगाउन प्रभावित क्षेत्रमै रहेका मुख्यमन्त्री त्रिलाेचन भट्ट आज डाेटीकाे जाेरायल पुग्दैछन् ।
गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको भीषण वर्षा, बाढी र पहिरोबाट भएको जन धनको क्षति सम्बन्धी अनुगमन एवं मृतक परिवार, घरबार बिहिन र बाढी पहिरो पीडितहरुको प्रत्यक्ष पीडा र गुनासो सुन्न तथा घटनाको प्रत्यक्ष अनुगमन गर्न प्रदेश सरकार केही दिनदेखि प्रभावित गाउठाउँ पुगिरहेकाे मुख्यमन्त्री भट्टकाे सचिवालयले जानकारी दिएकाे छ ।
मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यत)का अनुसार प्रदेश सरकारले स्थानीय तहकाे माग र सिफारिसमा समस्यमा रहेका जनताकाे उद्दार, रहात र पुर्नव्यबस्थापन समेत गरिरहेकाे छ । यसैक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट आज डोटी जिल्लाकाे जोरायल गाउँपालिका पुगेका हुन् ।
मुख्यमन्त्री भट्टले दिउँसाे १२ बजे रावत कट्टेमा स्थानीय बासिन्दालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे भट्टका प्रमुख स्वकीय सचिव तथा नेकपा माओवादी केन्द्र डाेटी जिल्ला इञ्चार्ज शिव सिं ओलीले जानकारी दिए ।