‘शान्ति सुरक्षा र विकास निर्माणमा समन्वय गर्छु’ -सिडियाे थापा

धनगढी । गृह मन्त्रालयबाट सरुवा भई कैलालीमा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले जिल्लाको सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता रहेको बताएका छन् । आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

यस अघिका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको गृह मन्त्रालयमा सरुवा भएको थियो । कैलाली जिल्लाको जिम्मेवारी समाल्दै सिडिओ थापाले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अघि बढ्ने बताए । उनले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणमा समन्वयको भूमिकामा रहने बताएका छन्।

‘प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी  शान्ति सुरक्षा र विकास निर्माणमा समन्वय गर्ने हो, म यसमा सचेत छु।’ सिडीओ थापाले कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको जनशक्ति थप, बिओपी स्थापना र भौतिक संरचना निर्माणका लागि गृह मन्त्रालयले योजना निर्माण गर्नुपर्ने बताए।

साथै थापाले समाजमा भएका आपराधिक क्रियाकलापबारे सूचना दिन सबैलाई आग्रह गरेका छन् । भने आफूलाई आएको जानकारी अनुसार त्यसमा एक्सन लिने बताउनुभएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.