सुदूरपश्चिम सरकारले सबै जिल्लामा २५ लाखका दरले रहात रकम पठायाे
क्याविनेट निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
‘त्यो रकम अहिलेको तत्कालको लागि हो । क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउनेछाैं’ मन्त्री जोशीले भनिन्, ‘अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो ।’ प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले बताइन् ।
यसअघि प्रदेश सरकारका मन्त्रीहरु महाकाली लगायतका बिभिन्न प्रभावित क्षेत्रमा पुगेका थिए । यस्तै मुख्यमन्त्री भट्टले प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसँग बर्षाले सुदूरपश्चिम प्रदेशमा पारेकाे असर र विपद् बारे जानकारी गराउदै कञ्चनपुरकाे महाकाली नदी, डाेटी र बैतडीमा सेती नदी र कैलालीकाे खिमडीमा फसेकाहरुकाे उद्दारमा हेलिकप्टर माग गरेका थिए ।
साेही अनुसार महाकाली नदीमा फसेकाकाे उद्धार भैइसकेकाे र कैलालीकाे खिमडी र सेती नदीमा फसेकाहरुकाे उद्धारमा हेलिकप्टर प्रयासरत रहेकाे जानकारी मुख्यमन्त्रीकाे सचिवालयले दिएकाे छ ।