मनकारी वडाअध्यक्ष ऐर जाे हरेक दशैं अपाङ्गता भएकासँगै मनाउन्छन्
धनगढी । धनगढी उपमहानगरपालिका ३ नम्बर वडाअध्यक्ष बलवहादुर ऐरले विगतमा झै यस वर्ष पनि अपाङ्गता भएका ब्यक्तिहरुसँग दशैं मनाएका छन् । वर्षभरी दीन दुखी अश्क्त असहायकाे सेवामा लागिरहने मनकारी वडाअध्यक्ष ऐरले यस वर्षकाे बडादशैंकाे अवसरमा आज अपाङ्गता भएकाहरुलाई मासु भात खुवाएर मनाएका हुन् ।
सधैँको दशैँमा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाना खुवाउँदै उहाँहरुसंगै दशैँ मनाउने ऐरले यस बर्षपनि उनिहरुसंगै दशैँ मनाएका हुन् । अपाङ्गता भएका ब्यक्तीहरुलाई दशैँका बेला मासु भात खुवाउने योजना बनाएर आज खुवाएको अध्यक्ष ऐरले बताए । व्यक्तिगत खर्चमा धनगढी र धनगढी आसपासका २५ जनालाई खाना खुवाएको र समान्य यातायात खर्च दिएकाे उनले बताए ।
आजै वडाअध्यक्ष ऐरले अपाङ्गता सहायता प्रतिष्ठानकाे निर्मित भवनको उद्घाटनपनि गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको २८ लाख बजेटमा निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष भवानी ऐरले जानकारी दिए । उनले भवनकालागि जग्गा ब्यवस्थापनदेखि निर्माणमा सहयाेग गर्ने सबैप्रति आभार ब्यक्त गरे । भवनले अपाङ्गता भएका ब्यक्तीहरुलाई सहयोग पुग्ने अपेक्षा लिइएको छ ।