युवाकाे सवालमा सुदूरपश्चिमका मुख्यमन्त्रीकाे जफाब कार्यक्रम सम्पन्न

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टसँग यहाँका युवा बिधार्थीहरुले सवाल जफाब गरेका छन् । प्रदेश युवा परिषद्काे आयाेजनामा धनगढीमा आयाेजित अन्तरक्रिर्या कार्यक्रममा आज साेमबार युवाहरुले खुलेरै जफाब मागेका हुन् ।

कार्यक्रममा सहभागी युबाहरुकाे प्रश्नकाे जफाबमा मुख्यमन्त्री भट्टले बषाैंदेखि पछाडी पारिएकाे सुदूरपश्चिममा प्रदेश सरकार गठन भएपछिका तीन वर्षमै कायापलट हुने सम्भाबना नभएपनि नीतिगत रुपमा याेजनाकाे खाका तयार पारी कार्यान्वयनकाे बाटाेमा सरकार लागिरहेकाे बताए । सरकारले युवा तथा बिधार्थीका क्षेत्रमा याेजनागत काम गरिरहेकाे स्पस्ट पार्दै खेलकूद परिषद, युवा परिषद् गठन गरी यस क्षेत्रलाई पालिका तहसम्मै चलयमान बनाउन खाेजेकाे बताए ।

No description available.यस्तै युवा स्वराेजगार बनाउन बिना धिताे रिण, व्यबसायमा अनुदान, जेहेन्दार छात्रछात्रालाई छात्रबृति लगायतका काम सुरु भैरहेकाे उनकाे भनाई थियाे । गरिब तर पठाईमा अब्बल बिधार्थीलाई सरकारले लगानी गरेर डाक्टर बनाईदिने र छाेरीकाे जन्मसँगै बैंक खाता खाेलिदिने र सरकारले बार्षिक पैसा जम्मा गरिदिएर बालिक हुँदा उसकाे जीवन सहज पार्ने काम यसै वर्षदेखि सुरु गरिन मुख्यमन्त्री भट्टले बताए ।

पछिल्लाे समय युवा पिडी लागुपदार्थकाे कुलतमा फसिरहेकाेप्रति प्रदेश सरकार गम्भीर रहेकाे भन्दै मुख्यमन्त्री भट्टले तीनटै तहका सरकारकाे समुन्वयमा चेतनामुलक कार्यक्रम गरी उनीहरुलाई शिक्षा, खेलकूद र सृजनात्मक कार्यतर्फ लगाईने बताए ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युबराज कुँबरकाे अध्यक्षतामा भएकाे अन्तक्रिर्या कार्यक्रमकाे सञ्चालन युवा परिषद् सदस्य शेरसिंह बिष्टले गरेका थिए । कार्यक्रममा नाैंवटै जिल्लाका युवा प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.