प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीले उचाल्याे

धनगढी । धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले उचालेको छ। फाइनलमा पुगेको डडेल्धुरालाई ३-० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो।

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने अन्य दुई टीम कैलाली र कन्चनपुरले २५/२५ हजार नगदसहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ। 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएकाे छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.