Dashain Suvakamana

अल्पसंख्यक साेनाहा जातिकाे सूचीकरणकालागि पहल गर्छु:मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख सोनाहा जातिको सूचीकरणका लागि आफूले पहल गर्ने बताएका छन् । सूचीकरणको माग राख्दै शुक्रबार ज्ञापन पत्र दिन आएको सो समुदायका अगुवासँग मुख्यमन्त्री भट्टले सूचीकरण गर्ने अधिकार केन्द्र सरकारसित मात्रै भएकोले आफूले त्यसका लागि पहल गर्ने बताएका हुन ।

सर्वोच्च अदालतले समेत सूचीकरण गर्नु भनेको रहेछ त्यसैले पहिले तपाईहरुको सूचीकरण हुनुपर्यो त्यसपछि तीनै तहका सरकारलाई सेवा सुविधा दिन सहज हुने उनको भनाइ थियो । यसअघि सो जातिले सुचिकरणका लागि बर्दियाको राजापुरमा अन्तरक्रिया गरेर सरकारलाई दवाव दिने निर्णय गरेका थिए । सोही निर्णय अनुसार कैलाली, कञ्चनपुर र वर्दियाका सोनाहा समुदायका अगुवाहरु मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाउन आएका हुन् ।

ज्ञापन पत्रमा सूचीकरण नहुँदा सुन चाल्ने, माछा मार्ने, डुंगा चलाउनेदेखि गाँस,वाँस, कपास, शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकार, रोजगारी र सामाजिक सुरक्षामा समेत समस्या भएको जनाइएकाे छ ।जनगणना २०६८ अनुसार कैलाली, कञ्चनपुर र बर्दियामा गरेर १२०५ सोनाहा रहेका छन् ।

ज्ञापन पत्र बुझने कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय र संविधान सभाका सदस्य हरि श्रीपाइलीको उपस्थिति थियो ।सोनाहा समुदायले शुक्रबार नै मुख्य न्यायधिवक्ता उपाध्यायलाई पनि सूचीकरणको माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.