सुदूरपश्चिम सरकारले जेहेन्दार विधार्थीलाई डाक्टर पढ्न छात्रबृति दिने

धनगढी । सुदूरपश्चिम सरकारले जेहेन्दार विधार्थीलाई पूर्ण छात्रवृतिमा डाक्टर पढाउने भएकाे छ । स्वस्थ्य क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउन गरीब तथा जेहेन्दार विधार्थीलाई पूर्ण छात्रवृति दिएर सुदूरश्चिम प्रदेश सरकारले डाक्टरी (एमविविएस) पढाउने निर्णय गरेकाे हाे ।

गत वर्षदेखि नै कार्यक्रम तय गरेकाे भएपनि कार्यविधी नमिल्दा सर्वसधारणले उपभाेग गर्न नपाएपछि आईतवार बसेकाे मन्त्रीपरिषद बैठकले संशाेधन गरेर पास गरेकाे छ । संशाेधन कार्यविधि बारे जानकारी दिदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले भने-‘अव समुदायक विधालयवाट पढेका गरीब तथा जेहेन्दार विधार्थी जाे, डक्टरी पठन चहान्छन र ईन्ट्रान्समा नाम निकालेर पनि आर्थिक अवस्थाले पढ्न नसक्नेहरुलाई प्रदेश सरकारले छात्रवृति दिन्छ ।’

अध्यायनपछि प्रदेशकाे हिमाल पहाड र तराई क्षेत्रमा सरकारले निश्चित समय ताेकेअनुसार काम गर्ने सर्तमा पठाउने उनले बताए । साेही मन्त्रीपरिषद बैठकले प्रदेश र स्थानीय तहबी समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यबस्था गर्न विधेक तर्जुमाका लागि बनेकाे अबधारणापत्र स्वीकृत गरेकाे छ । यस्तै दार्चुलाको नौगाड, मार्मा र बाजुराको हिमाली गाउँपालिकाको वडा विभाजन सम्बन्धमा देखिएको विवादलाई संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश निजामति कर्मचारी सरुवा तथा काज सम्बन्धी दाेस्राे संशाेधन कार्यविधि २०७८ लाई स्वीकृत गरेकाे छ । यस्तै दुग्ध विकास बोर्ड ऐन २०७७संशोधित विधेयकलाई प्रदेश सभामा पेश गर्ने, कानून सुधार तथा सुझाव समितिको म्याद थप गर्ने निर्णय पनि गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले जनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.