डडेल्धुराकाे अजयमेरुमा आँखा उपचार केन्द्रकाे उद्घाटन

धनगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ मा आँखा उपचार केन्द्रकाे उद्घाटन गरिएकाे छ । च्यारीटी फाउन्डेसन संस्थाकाे प्रविधिक सहयाेगमा गाउँपालिकाले पहिलाे पटक आँखा उपचार केन्द्र स्थापना गरेकाे हाे ।

शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्टले भद्रपुरमा आँखा उपचार केन्द्रकाे उद्घाटन गरेका छन् । आँखा उपचार केन्द्रकलागि च्यारीटी फाउन्डेसनले स्वास्थ्य सामाग्री सहयाेगमा अध्यक्ष भट्टले धन्यवाद व्यक्त गरे । काेराेना महनमारीकै वीचमा पनि वडा नम्बर ४ र ५ लाई पुर्ण सस्थागत सुत्केरी वडा घोषणा गरेकाे भन्दै अव स्वास्थ्य उपचारमा आँखा विशेषज्ञ नहुँदा जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने उनले बताए ।

पुर्ण सस्थागत सुत्केरी अभियानलाई निश्चित मापदण्ड पूरा भएका वडाहरुमा चरणबद्ध रुपमा लगिने बताईएकाे छ । भाैतिक पूर्वाधारकाे विकाससँगै सामाजिक विकास अन्तरगतका शिक्षा स्वास्थ्य शुद्ध खानेपानी लगायतमा फड्काे मार्न प्रयासरत रहेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.